असोज ०६, २०८१, आइतबार
               

गण्डकीमा शनिबार बेलुका थपिए ५० जना संक्रमित

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

गण्डकी प्रदेशमा शनिबार साँझ पुन: ५० जना कोरोना संक्रमित थप भएका छन्।

शनिबार बेलुका तनहुँ, बागलुङ, नवलपरासी पूर्व र मुस्ताङमा संक्रमित भेटिएका हुन् ।गण्डकी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार तनहुँको ब्यास नगरपालिकामा २७ र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण भएको छ ।

त्यसैगरि बागलुङको गलकोट नगरपालिका, तारा खोला गाउँपालिका र बडिगाड गाउँपालिकामा २९ जना नयाँ संक्रमित भेटिएका छन्। त्यसैगरि नवलपरासीको मध्य विन्दु नगरपालिकामा १८ जना नयाँ संक्रमित भेटिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पनि नयाँ संक्रमित भेटिएका छन् ।  मुस्ताङको घरपजोङ गाउँपालिकामा एक जना पुरुषमा पनि कोरोना देखिएको हाे ।


कस्तो लाग्यो ?

यो पनि