भारतमा एकै दिनमा शनिबार १४ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । भारतमा एकैदिन यति धेरै मानिस संक्रमित भएको यो पहिलो घटना भएको अधिकारीले जानकारी दिएका छन्।
शनिबार प्राप्त समाचारमा भारतमा १४ हजार ५ सय १६ जना संक्रमित भेटिएका हुन् । भारतको संघीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म ३ लाख ९६ हजार १ सय ८२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
भारतभरमा भएका ती संक्रमितमध्ये १२ हजार ९ सय ७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख १४ हजार २ सय ९ छन् ।