असोज ०६, २०८१, आइतबार
               

शिक्षाविद् अंगुरबाबा जोशीको निधन

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको शनिबार निधन भएको छ ।

बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनकाे निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ । उनी स्तन क्यान्सरबाट पनि पीडित थिइन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुख हुन् । उनको शिक्षा क्षेत्रमा अतुलनीय योगदान छ ।

वि.सं. २०१९ मा बेलायतबाट फर्किएपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएर पनि काम गरेकी थिइन् । उनको एक छोरा र दुई छोरी छन्। उनका श्रीमानको भने करीब ३० वर्ष अगाडि नै निधन भएको थियो।


कस्तो लाग्यो ?

यो पनि