असोज ०६, २०८१, आइतबार
               

शनिबार थपिए ३३१ जना संक्रमित

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३१ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  झापाका १ जना , सुनसरीका २ जना , मोरङका ८ जना पुरुष, महोत्तरीका २ महिला र २२ पुरुष र सर्लाहीका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एकजना महिला, बाग्लुङका एक महिला र १३ पुरुष, बैतडीका १८ जना पुरुष, गुल्मीका २ महिला र १६ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष, डोटीका ९ महिला र ५२ पुरुष, कैलालीका एक पुरुष र काठमाडौंका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी नवलपरासी पूर्वका ३ महिला र १४ जना पुरुष, नवलपरासी पश्चिमका १ जना पुरुष, पाल्पाका एकजना पुरष, रामेछापका एक जना महिला र २ जना पुरुष, रौतहटका २ जना पुरुष, रुपन्देहीका एकजना पुरुष र सर्लाहीका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धादिङकी एकजना महिला र ७ जना पुरुष, पाल्पाका एकजना महिला र १५ जना पुरुष र भक्तपुरका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पुर्वका ४ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ३ महिला र ३ पुरुष, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ११ जना पुरुष र तनहुँका २३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ४ जना महिला र १२ पुरुष, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ महिला र १२ जना पुरुष, बर्दियाका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक पुरुष, दाङका २ महिला र २ पुरुष र प्युठानका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ८६०५  पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि