असोज ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमणको पुष्टि

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा होम क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।

छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । 

मृतक पुरुषको स्वाब प्रादेशिक प्रयोगशाला रुपन्देहीमा परीक्षणको लागि पठाइएको थियो । 

परीक्षणको क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।

मृतक प्यारालाइसेसको बिरामी थिए । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टाइनमा बसेका थिए । 

मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि