जेठ ०५, २०८१, शनिबार
               

सीमा विवादमा भारतलाई विप्लवको यस्तो आग्रह

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न भारतसँग आग्रह गरेको छ ।

विप्लवद्वारा शनिबार जारी विज्ञप्तिमा भारतले सीमामा गोर्खा रेजिमेन्टलाई पठाउने तयारी गरिरहेको भन्दै यस्तो नगर्न आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतलाई गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न आग्रह गर्दछ, त्यसैगरी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ ।’

नेकपाले यतिबेला गलवान उपत्यमा चीन र भारतबीचको सीमा विवादका कारण भएको भिडन्तभारतीय सेना मारिएपछि दबाब चुलिएको र भारतले गोखा रेजिमेन्टलाई सीमामा पठाउने तयारीका साथ त्यहाँ कार्यरत नेपाली युवाहरूलाई बिदा कटाएर फिता बोलाएको बताएको छ ।

‘दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाको पक्षमा र अर्कोका विरुद्धमा युद्ध लड्नुपर्ने कुरा उचित एवम् स्वीकार्य छैन ।’ विज्ञप्तिमा भनिएको छ, ‘यो असंलग्न राष्ट्रहरूले अवलम्बन गरेको सिद्धान्तको बिरुद्ध पनि छ । दुई समान छिमेकीका बीचमा रहेको नेपाल र नेपाली जनताका लागि अति संवेदनशील र खतरनाक छ ।’

नेकपाले युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्न एवम् देशका लागि लज्जाजनक रहेको गोर्खा भर्तीलाई सधैका लागि खारेज गर्न समेत माग गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि