असोज ०६, २०८१, आइतबार
               

पहिराेले घरगोठ भत्काउँदा ८ तोला सुनसहित १५ बराबरकाे क्षति

रासस
असार ०६, २०७७

ADVERTISEMENT

अर्घाखाँची । सन्धिखर्क नगरपालिका-६ नरपानीमा शनिबार बिहान आएको पहिराेले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा  लैनो भैँसीसहित चौपाया,  दुई लाख, आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए ।  

पहिराेका कारण त्यस स्थानका अन्य तीन घर पनि जोखिममा परेका छन् ।  यस्तै अविरल वर्षाका कारण गोरुसिंगे –सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । 

नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि