असोज ०६, २०८१, आइतबार
               

अत्तरिया बजार बन्द

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

कैलाली । कोरोना भाइरसको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा वाहेकका अन्य सबै पसल तथा व्यवसाय  बन्द गरिएका छन् ।  

गोदावरी नगरपालिकाको आग्रह र उद्योग वाणिज्य संघको सहमतिमा अर्को सूचना जारी नहुँदासम्म बजार पूर्णरुपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए । 

सो नगरपालिका गत जेठ २४ गते पहिलो पटक एकजनामा कोरोना संक्रमण पुष्टि भएको र  ३२ गते  गोदावरी–१ का ४६ वर्षीय पुरुषको कोरानाबाट मृत्यु भएको थियो । 

सो नगरपालिकामा हालसम्म नौ जनामा कोरोना पुष्टि भइसकेको जनाइएको छ  ।


कस्तो लाग्यो ?

यो पनि