असोज ०६, २०८१, आइतबार
               

सहिदगेटमा सडकमै सुतेर प्रदर्शन

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

शनिबार बिहान काठमाडौँको शहीद गेटमा युवाहरुले  सडकमै सुतेर प्रदर्शन गरेका छन् । नागरिकको हितमा सरकारको काम अति कमजोर रहेको र भ्रष्टाचार बढेको तथा कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सरकार असफल भएको आरोप लगाउँदै युवाहरुले राजधानीको शहीदगेटमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड बाकेका थिए ।

पीसीआर परीक्षण बढाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् ।

उनीहरुले जनताको स्वास्थ्यको लागि पीसीआर परीक्षण बढाउनसमेत माग गर्दै आएको छ। प्रदर्शनकारीले अन्तिमा राष्ट्रियगान बजाउँदा सुरक्षाकर्मीले स्यालुट गर्नुपरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि