असोज ०६, २०८१, आइतबार
               

खोलाले बगाएका युवक मृत फेला

नेपाल फ्ल्यास
असार ०६, २०७७

hatya
ADVERTISEMENT

तनहुँ । गत सोमबार शुक्लागण्डकी–९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक आज पाँच दिनपछि मृतावस्थामा फेला परेका छन् । 

खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी–८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो । 

शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।  

शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि