असोज ०६, २०८१, आइतबार
               

रुखको एउटै हाँगोमा देवर–भाउजु झुन्डिएको शव भेटियो

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । रुखको एउटै हाँगोमा देवर–भाउजु झुन्डिएको अवस्थामा शव भेटिएको छ ।  इलाम जिल्लाको माङसेबुङ गाँउपालिका–६ मा झुन्डिएको अवस्थामा देवर–भाउजुको शव भेटिएको प्रहरीले जनाएको छ ।

माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकी भाउजु २६ वर्षीया गीता राईको शव फेला परेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान कसैलाई नभनी घरबाट हिँडेका देवर–भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान घरदेखि करिब ७०० मिटर टाढा रुखको एउटै हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो ।

घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगेको छ । दुवैजनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवीमा लगिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद नै देखिएको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि