असोज ०६, २०८१, आइतबार
               

झ्यालको फलामे छड नै बङ्ग्याएर क्वारेन्टाइनबाट भागीन् किशोरी

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

सप्तरी । राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट एक किशोरी भागेकी छन् । राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी भागेकी हुन् ।

सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए । यादवका अनुसार क्वारेन्टाइनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो ।

झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए । भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् । राजविराज आएपछि क्वारेन्टिनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टाइनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी गर्भवती छन् । 

यसअघि सोही क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज–१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज–२ स्थित साइकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ । युवकको सम्पर्कमा रहेकालाई पनि क्वारेन्टाइनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बताए ।


कस्तो लाग्यो ?

यो पनि