असोज ०६, २०८१, आइतबार
               

शुक्रबार थपिए ४२६ संक्रमित

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ३३८ जना पुरुष र ८८ जना महिला रहेका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ४२६ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार २७४  पुगेको छ । 

संक्रमितमध्ये महिलाको संख्या ७०७ र पुरुषको संख्या सात हजार ५६७ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २१६ जना घर फर्किएका छन्।

हालसम्म एक हजार ४०२ जना संक्रमित कोरोना मुक्त भई निको भई घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि