असोज ०६, २०८१, आइतबार
               

आठ वर्षीय छोरालाई जिउँदै गाडेको आरोपमा एक पक्राउ

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

बुटवल । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले छोरालाई जिउँदै गाडेको स्थानीयले आरोप लगाएका छन् ।

तिलोत्तमा–४ प्रगतिनगरमा राजु परियारले आठ वर्षीय बिरामी छोरालाई मृत्यु नहुँदै बोरामा हालेर घर नजिकै झाडीमा खाल्डो खनेर गाडेको स्थानीयले आरोप लगाएका हुन् ।

बिरामी छोरा बेहोस भएपछि बाबुले बोरामा हालेर जमिनमा गाडेको भन्दै स्थानीयले परियारलाई घेरा हालेका थिए । 

पछि प्रहरी आएर उनलाई नियन्त्रणमा लिएको छ ।

गाडिएका बच्चाको खाल्डोबाट निकालेपछि मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतीतसिंह राठौरले जानकारी दिए । 

ज्युँदै गाडिएको हो वा मृत्यु भएपछि हो भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्रै थाहा डीएसपी राठौरले बताए । 

आरोपितलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

आरोपित परियारले भने छोराको मृत्यु भैसकेपछि जमिनमा गाडेको प्रहरीलाई बयान दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि