असोज ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमै बुबाको किरिया

रासस
असार ०५, २०७७

ADVERTISEMENT

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बसेका छन्  । 

भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका थिए ।  

उनका बुबा चिन्तामणि भट्टको ६ दिनअघि  निधन भएपछि उनले क्वारेन्टाइनमै कियिा शुरु गरेका हुन । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उनलाई  दोगडाकेदार  क्वारेन्टाइनमा राखिएको थियो ।  

क्वारेन्टाइनमा किरिया बस्न बाध्य भएको उनले गुनासो गरे ।  घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिए । 

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा  राख्नुपर्ने निर्देशन अनुसार नै उनलाई क्वारेन्टाइनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि  पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए ।

यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका ७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टाइनमा बसेका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि