असोज ०६, २०८१, आइतबार
               

विदेशबाट नेपालीको शव काठमाडौं ल्याइयो

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव काठमडौं ल्याइएको छ ।  

शुक्रबार कतार, कुवेत, दुबई लगायतका देशबाट नेपालीको शवमा काठमाडौं ल्याइएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट २०, युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याइएको छ ।

यी शवहरु ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएका थिए । गत चैत पहिलो हप्तापछि अन्तर्राष्ट्रिय उडान रोकिँदा पनि धेरै शव नेपाल ल्याउन सकिएको थिएन ।

त्रिभुवन विमानस्थलमा ल्याइएको शव आफन्तको जिम्मा लगाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि