असोज ०६, २०८१, आइतबार
               

आज विदेशबाट ल्याइँदैछ २४ नेपालीको शव

नेपाल फ्ल्यास
असार ०५, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइँदैछ। 

कतारबाट मात्रै २० वटा शव ल्याइँदैछ । त्यस्तै कुवेतबाट दुई वटा, साउदी अरब र यूएईबाट एक एक वटा शव ल्याइने भएको छ ।

कतारबाट कतार एयरवेजले ४३ जना नेपाली र २० वटा शव लिएर काठमाडौं आउनेछ । उनीहरुलाई कतार सरकार आफैँले नेपाल पठाउन लागेको हो । 

जजिरा एयरलाइन्सले कुवेतबाट दुई वटा शव, हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव काठमाडौँ ल्याउँदैछ ।

कोरोना भाइरसको महामारीपछि अन्तर्राष्ट्रिय उडान ठप्प  हुँदा शव रोकिएका थिए ।

साउदीको दमामबाट १५३ यात्रु र एउटा शव लिएर हिमालय एयरलाइन्स  काठमाडौं अवतरण गर्नेछ । 

करिब १५० यात्रु लिएर कुवेतबाट जजिरा एयरलाइन्सको जहाज र दुबईबाट १५० यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज शुत्रबार दिउँसो १ बजे काठमाडौं आइपुग्दैछन् ।


कस्तो लाग्यो ?

यो पनि