असोज ०६, २०८१, आइतबार
               

सिन्धुपाल्चोकमा थपिए १८ जना संक्रमित

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना र बाहुनेपाटीमा रहेका १८ जनाको गरी जम्मा २६ जनाको स्वाव संकलन गरी असार १ गते परिक्षणको लागि टेकु प्रयोगशाला काठमाडौं पठाइएकोमा बिहीबार आएको रिपोर्टमा १८ जनामा संक्रमण देखिएको छ ।

संक्रमितहरू पाँचपोखरी गाउँपालिकाका १० जना, हेलम्बु गाउँपालिकाका ३ जना र मेलम्ची नगरपालिकाका ५ जना रहेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या २४ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि