असोज ०६, २०८१, आइतबार
               

होम क्वारेन्टाइनमा एक जनाको मृत्यु

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । 

छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका थिए । प्यारालाइसिसको बिरामी उनी भारतमा उपचार गरेर फर्किएका थिए । 

बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले जानकारी दिए । 

शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।

मृतक पुरुषमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको छ ।

गुल्मी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमितमध्ये ३ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा कोरोना संक्रमणबाट जना २ जनाको मृत्यु भइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि