काठमाडौं । यदि तापईं काठमाडौंमा बसेर कुकुर पाल्न खोज्दै हुनुहुन्छ वा सोच्नु भएको छ भने अब तपाईंका लागि थप एउटा नियम हुने भएको छ ।
त्यो हो, अनुमति । हो, अब तपाईले काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नका लागि काठमाडौं महानगरपालिकाबाट अनुमति लिनुपर्नेछ ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको नीति तथा कार्यक्रममा कुकुर पाल्नका लागि अनुमति चाहिने उल्लेख गरेसँगै तपाईंका लागि एउटा नियम थप भएको हो ।
सो नीति तथा कार्यक्रममा छाडा पशुबाट सडक दुर्घटना हुने तथा रोगव्याधि फैलिन सक्ने सम्भावना रहेको भन्दै यस्तो नीति लिएको बताइएको छ ।