जेठ ०६, २०८१, आइतबार
               

बम्जन पक्राउ गर्न प्रहरी पुन: असफल

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । आफ्नै अनुयायी बेपत्ता पर्ने बम्जनलाई पक्राउ गर्न गएको सीआईबीको टोली खाली हात फर्केको छ । 

आठ घन्टा सर्च अपरेसन चलाउँदा पनि बम्जन नभेटिएपछि सो टोली खाली हात फर्केको हो । 

प्रहरीले सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा बिहीबार दिउँसो छापा मारेको थियो । 

तर, उनी आश्रमबाट प्रहरीको आँखा छली भागेका थिए । 

बम्जनलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली त्यसतर्फ गएको थियो । 

बम्जनको आश्रममा यसअघि दुईपटक छापा मारिएको थियो । 

अनुयायी बेपत्ता पारेको भन्दै अदालतले उनलाई पक्राउ गर्न पूर्जी दिएको छ । 

यो पनि