असोज ०६, २०८१, आइतबार
               

कोरोनाबाट २२ जनाको मृत्यु भएकाे पुष्टि

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा काेरोना संक्रमणबाट थप २ जनाकाे मृत्यु भएकाे छ । 

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएकाे पुष्टि गरे । ्

जसमध्ये कैलालीकाे गोदावरी-४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिका- २ की ४३ वर्षीया महिला रहेका छन् । मृतक पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसैगरी महिला असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो ।  उनको असार २ गते नै निधन भएको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि