जेठ ०७, २०८१, सोमबार
               

महिलालाई राखिने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला नै हुनुपर्ने सांसदकाे माग

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । देशकाे विभिन्न स्थानमा रहेकाे क्वारेन्टाइनभित्र महिलामाथि हुने हिंसात्मक घटना भएपछि रोक्नकाे लागि ठोस कार्ययोजना बनाउन महिला सांसदले गृहमन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति समेत रहेकी सांसद पवित्रा निरौला खरेलले कैलालीको लम्कीमा भएको घटनाको भत्सर्ना गर्दै जघन्य अपराधका अपराधीलाई कारबाही गर्न माग गरिन् । साथै उनले महिला बस्ने क्वारेन्टाइनमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि महिला खटाउन माग गरिन् । सांसद पार्वती चौधरीले पनि घटनाको निन्दा गर्दै क्वारेन्टाइनमासमेत सुरक्षित हुन नसकेका महिला अन्यत्र कसरी सुरक्षित हुन्छन भन्दै सरकारको ध्यानाकर्षण गराइन। 

सांसद पूर्णाकुमारी सुवेदीले क्वारेन्टाइनमा बसेका महिला, बालबालिकालाई सुरक्षित हुने वातावरण निर्माण गर्न माग गरिन् । सांसद प्रमिला राईले क्वारेन्टाइनमा मानिसलाई बन्दीगृह जस्तो बनाएर राखिएको भन्दै व्यवस्थित बनाउनुपर्ने बताइन् । महिलाहरू क्वारेन्टाइनमा सुरक्षित हुन नसकेको भन्दै सम्बन्धित निकायको ध्यान जानु जरुरी रहेको प्रष्ट पारिन । 

सांसद चन्दा चौधरीले पनि महिला र बालबालिकालाई राखिने क्वारेन्टाइनमा महिला सुरक्षाकर्मी, स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिनुपर्ने बताइन् ।  

सांसद नरमाया ढकालले छाउपडीबाट जोगिएकी चेली क्वारेन्टाइनमा जोगिन मुस्किल भइरहेको भन्दै यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन् । 

यो पनि