बैशाख २४, २०८१, सोमबार
               

स्थानीय तह र प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका र जिल्ला प्रहरी कार्यालयलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । जिल्लाका विभिन्न व्यक्तिको पहलमा झापाका अनुपकुमार सिंहले स्वर्गीय बुवा हिमालय सिंहको स्मृतिमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । 

सिंहले सहयोग गरेका पिपिइ सेट, स्यानिटाइजर, पञ्जालगायतका सामग्री आज मुसीकोट नगरपालिका वडा ३ र जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको छ । मुसीकोट नगरपालिकालाई २० थान पिपिइ सेट, पाँच लिटर स्यानिटाइजर, १०० थान मास्क र एक थान स्प्रे मेसिन प्रदान गरिएको छ । वडालाई २० थान पिपिइ सेट, एक थान स्प्रे मेसिन, पाँच लिटर स्यानिटाइजर र ५० थान पञ्जा  उपलब्ध भएको वडाध्यक्ष भीमबहादुर खड्काले बताए । 

प्रहरीलाई ३० थान पिपिइ सेट, पाँच लिटर स्यानिटाइजर, १०० थान पञ्जा र एक थान स्प्रे मेसिन हस्तान्तरण गरिएको छ । डा वीरेन्द्र झापालीको सहकार्यमा प्रहरी नायब निरीक्षक एकबहादुर केसी, देवबहादुर केसी, प्रहरी सहायक निरीक्षक भरत केसी र प्रहरी जवान उज्वल केसीको पहलमा ती स्वास्थ्य सामग्री उपलब्ध भएका हुन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लागिपरेका स्थानीय तह र सुरक्षाकर्मीलाई सहज होस् भनेर पहल गरिएको बताइएको छ । मुसीकोट तीनका शोभिराम खत्री, गोर्खबहादुर खत्री र जीवन केसीले सम्बन्धित ठाउँमा पुगेर आज ती स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।


कस्तो लाग्यो ?

यो पनि