असोज ०६, २०८१, आइतबार
               

चीनसँग जोडिएको रसुवानाका एकतर्फी रूपमा खुल्ने

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । चीन–नेपालको सीमा नाका केरुङ एकतर्फी खुल्ने भएको छ । 

करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित सो नाका चीन एकतर्फी रूपमा खुलाउन सहमत भएपछि सो नाका खुल्न लागेको हो । 

ठूलो सङ्ख्यामा ट्रक, कन्टेनरहरू नाकामै रोकिएको भन्दै नेपाल सरकार र उद्योगीको पहलका कारण सो नाका खुल्ने भएको हो । 

यसअघि नेपालको तर्फबाट पटक पटक सो नाका खुलाउन आग्रह गरे पनि चीनले बेवास्ता गर्दै आएको छ । 

अब सो नाकाबाट चीनबाट एकतर्फी रुपमा सामान आए पनि यताबाट केही सामान चीनतर्फ पठाउन नमिल्ने भन्सार विभागजे जनाएको छ ।

उताबाट ल्याइएका सामानलाई नेपालमा ल्याब टेष्टलगायत सम्पूर्ण तयारी भएको विभागले जनाएको छ ।

यो पनि