जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ शुक्रबारसम्मको मौसम

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी  वायुको प्रभाव रहेको छ ।

अहिले (बुधबार बिहान) देशभर सामान्य बदलीको अवस्था छ । देशका केही भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज (बुधबार) सुदूर पश्चिम प्रदेश, कर्णाली र प्रदेश प्रदेश नं ५ का केही स्थानमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ । 

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का अधिकांश स्थानमा साथै कर्णाली र सुदूर पश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्ययम वर्षाको सम्भावना छ । 

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहिबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का अधिकांश स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा  मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको   सम्भावना छ । 

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नं प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शुक्रबार पनि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ । 

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूर पश्चिम प्रदेशका  केही स्थानमा  मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना छ। 

प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

सतर्कता 

देशभर अधिकांश स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने , पहिरो जाने, सडक यातायात समेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि