जेठ ०५, २०८१, शनिबार
               

सुशान्तको अन्तिम संस्कार चल्दै गर्दा भाउजु सुधाले पनि त्यागिन् प्राण

एजेन्सी
असार ०२, २०७७

ADVERTISEMENT

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसले धेरै देश यतिबेला लकडाउनको अवस्थामा छ । जसका कारण हरेक क्षेत्रलाई क्षति पुगेको छ भने बलिउडलाइ निक्कै ठूलो शोक परेको छ । यो लकडाउनको अवधिमा १६ चर्चित अनुहारको ज्यान गइसकेको छ भने पछिल्लो पटक सुशान्त सिंह राजपुतको आत्महत्याले सारा भारतसंगै नेपालमा पनि प्रत्यक्ष प्रभाव पुग्यो ।

यो खबर सेलाउन नपाउदै उनकी भाउजुले पनि प्राण त्याग गरेको खबर बाहिरिएको छ । देवर सुशान्तको आत्महत्याको खबरले सोमबार बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवीको पनि निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सुशान्तको खबरले डिप्रेसनमा रहेकी भाउजुले खाना पिउन छाडेर निकै कमजोर भएको उनको निधन भएको परिवारले जनाएको छ । मुम्बईमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला सुशान्तकी भाउजु सुधाले प्राण त्यागेको समाचारमा जनाइएको छ । सुधा सुशान्तको काकाको छोराकी श्रीमती हुन् ।


कस्तो लाग्यो ?

यो पनि