कैलाली । धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा कार्यरत एक जना स्टार्फ नर्समा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कोरोना संक्रमितहरुको उपचारमा संक्रिय २८ वर्षीया नर्समा सोमाबार संक्रमण देखिएको सेती प्रादेशीक अस्पतालले जनाएको छ ।
केही समय संक्रमितको उपचारमा खटिएकी उनी १४ दिन क्वारेन्टाइनमा बसेकी थिइन् ।
पछि उपचारमा खटिएका सबैको कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।
सोमबार उनीसँगै अरु १० जनाको रिर्पोट आएको थियो । तर अरु ९ जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी दीलीप श्रेष्ठले जानकारी दिए ।
संक्रमित नर्सलाई कोरोना अस्पतालमा भर्ना गरिएको छ ।