मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकीमा थपिए १८ संक्रमित, गोरखाका मात्रै १० जनामा संक्रमण पुष्टि

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको जम्मा संख्या २२३ पुगेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका घर भएका १८, ३५, ३९ र १८ वर्षका ४ पुरुष, गोरखाको गोरखा नगरपालिका घर भएका ३१ वर्षीया महिला र ३२, ३५, २१, २६, ५३, २९ र २५ वर्षका ७ पुरुष, गोरखाकै बारपाक सुलीकोट गाउँपालिकाका ५३ र २५ वर्षका २ महिला, नवलपुर बिनयत्रिवेणी गाउँपालिकाका १ जना १८ वर्षीय पुरुष, मध्यबिन्दु नगरपालिकाका १९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

मंगलबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो ।

थपिएका सबै संक्रमित भारतबाट फर्किएका व्यक्ति रहेको बताइएको छ ।

संक्रमित सबैलाई स्थानीय आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यसैबीच, देशभर कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ ।


कस्तो लाग्यो ?

यो पनि