मंसिर ०७, २०८१, शुक्रबार
               

आरडिटी पोजेटिभ देखाएको भन्दै स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

बाजुरा । हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी  गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन् । 

उनीहरू क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि आज अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आरडिटी  गर्न पुगेका थिए । परीक्षणमा पोजेटिभ आएपछि उनीहरूले उनीमाथि आक्रमण गर्दा छातीमा गम्भीर चोट लागेपछि अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड– १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजङ्ग शाहीले जानकारी दिए ।  


कस्तो लाग्यो ?

यो पनि