मंसिर ०७, २०८१, शुक्रबार
               

रक्सी खाएर छोरीलाई यौन दुर्व्यवहार गर्न खोज्दा...

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

वीरगञ्ज । छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–४ स्याउलीवस्तीका अन्दाजी ३५ वर्षीय पुरुष छन् ।

रक्सी खाएर ११ बर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । आइतबार राति उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आइतबार राति छोरीलाई अंगालो मारेर यौन दुर्व्यवहार गर्न खोजेपछि बालिका चिच्याउँदै ठूली आमालाई बोलाएकी थिइन् ।

पीडित बालिकाले घटनाबारे आफन्त र छरछिमेकमा जानकारी गराएपछि घटना बाहिरिएको हो । 

घटनाबारे अनुसन्धान भइरहेकोले प्रहरीले जनाएको छ ।

यो पनि