जेठ ०७, २०८१, सोमबार
               

क्वारेन्टाइनमै महिलामाथि बलात्कार, तीन पक्राउ

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमै एक महिलामाथि बलात्कार भएको छ । उक्त घटनाका आरोपी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो पीडित महिलाका आफन्तले घटनाबारे प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवक रहेको प्रहरीको भनाइ छ ।

लम्कीचुहा नगरपालिका– १ की ३१ वर्षीया महिला शहिद स्मृति माध्यमिक विद्यालयस्थित क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि