जेठ ०६, २०८१, आइतबार
               

चारमहिने शिशुले जिते कोरोना

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

प्रतिकात्मक
ADVERTISEMENT

कालीकाेट । कालीकोट जिल्लामा चारमहिने शिशुसहित २५ जनाले कोरोना जितेका छन् । महावै गाउँपालिकाकी रोशनी सिंहसहित उनको चारमहिने शिशु पनि कोरोनामुक्त भएका हुन् । 

जिल्लाको आइसोलेशनमा रहेका २९ कोरोना संक्रमितमध्ये तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए ।  आइसोलेशन कक्षमा उपचाररत रहेका महावैका आठ, शुभकालिका गाउँपालिका १२, खाँडाचक्र नगरपालिकाका दुई तथा तिलागुफा नगरपालिका, पलाँता गाउँपालिका र  बाजुरा जिल्लाका एकएक जना कोरोनालाई जितेर घर  फर्केको सूचना अधिकारी महतले जानकारी दिए ।

जिल्लामा रहेका कोरोना संक्रमितमध्ये अहिले चार जनाको उपचार भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि