जेठ ०६, २०८१, आइतबार
               

कोरोनाबाट मृत्यु हुनेकाे संख्या १९ पुग्यो

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा आइतबारसम्म कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । 

 शनिबार राति गुल्मीकाेको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षीय पुरुषको मृत्यु भएकाे थियाे । साे सँगै मर्नेकाे संख्या १९ पुगेकाे हाे ।

उनी जेठ २ गते भारतबाट गाउँ आएका थिए। धुर्कोट गाउँपालिका ४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको बेला जेठ १२ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी दुई वर्षदेखि क्यान्सर र पायल्स पीडित समेत रहेकाे बताइएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि