जेठ ०६, २०८१, आइतबार
               

कोरोना जितेर डिस्चार्ज हुनेकाे संख्या ९७४ जना

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा काेरोना संक्रमणबाट निको हुनेको संख्या ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८७७ जना पुरुष र ९७ महिला डिस्चार्ज भएका हुन् । 

पछिल्लाे २४ घण्टमा  थप ६१ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा विभिन्न स्थानका आइसोलेसनबाट ६१ जनाले कोरोना जितेर डिस्चार्ज भएको जानकारी दिए।

साथै हालसम्म पिसिआर विधिबाट १ लाख ३३ हजार ३७७ र आरडिटी विधिबाट २ लाख १० हजार ७२१ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ६ हजार ०८९ र आरडिटी विधिबाट २० हजार १३९ जनाको नमुना परीक्षण गरिएको छ। 


कस्तो लाग्यो ?

यो पनि