जेठ ०६, २०८१, आइतबार
               

अब निजी ल्याबले पनि कोरोना परीक्षण, खर्च सरकारले व्यहोर्ने

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं ।नेपालमा काेराेना संक्रमितकाे संख्उा दिनानुदिन बढ्न थालेपछि सरकारले निजी प्रयोगशालाहरुलाई पनि परीक्षण गर्न दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।

उक्त परीक्षण गर्दा लाग्ने खर्च सरकारले व्यहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । 


कस्तो लाग्यो ?

यो पनि