जेठ ०६, २०८१, आइतबार
               

एकैदिन थपिए ४२५ जना संक्रमित, कुल संक्रमित ५७६० पुग्यो

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४२५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार ३ सय ७५ जना पुरुष र ५० जना महिला गरी ४ सय २५ जनामा काेराेना पुष्टि भएकाे छ । 

नयाँ थपिएका संक्रमितहरूमा मोरङका २५ जना, सुनसरीका १ जना, झापाका १ जना, सप्तरीका १० जना, पर्साका १७ जना छन् ।

यसैगरी बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७८ जना, नवलपरासी पूर्वका २ जना, बझाङका ५ जना, डडेल्धुराका २४ जना, डोटीका २ जना, कैलालीका १२ जना, कञ्चनपुरका २२ जना, बर्दियाका ३ जना, बाँकेका ३ जना र रुकुमपश्चिमका १ जनामा पनि काेराेना पाेजेटिभ देखिएकाे छ ।

यस्तै दाङका ५४ जना, प्युठानका २ जना, धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ जना, रुपन्देहीका २५ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९, सिन्धुलीका १ जना, धादिङका २५ जनामा पनि काेराेना संक्रमण पाइएकाे प्रवक्ता डा. गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । तीमध्ये ५ हजार ३ सय २४ जना पुरुष र ४ सय ३६ जना महिला छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । तीमध्ये ५ हजार ३ सय २४ जना पुरुष र ४ सय ३६ जना महिला छन् । 

 


कस्तो लाग्यो ?

यो पनि