जेठ ०६, २०८१, आइतबार
               

दुर्घटनामा गाउँपालिका अध्यक्षको निधन

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा को कार दुर्घटनामा परी निधन भएको छ ।

गाउँपालिकाबाट सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर  उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको  थियो । उपचारको क्रममा  उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केशीले बताए ।

शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । उनी खतरामुक्त रहेको बताइएको छ । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो ।

अध्यक्ष शर्मा जिल्लामा विपद् व्‍यवस्थापन समितिको बैठकमा सहभागिता जनाउन परासीतर्फ गइरहेका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि