बैशाख १६, २०८१, आइतबार
               

हाँडीगाउँमा द म्यानद्वारा राहत वितरण

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौँको हाँडीगाउँमा समाजसेवी अनिशकुमार शर्मा (द म्यान) ले राहत वितरण गरेका छन् । ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै उनले शुक्रवार ३५ परिवारलाई राहत वितरण गरेका हुन् । उनले हालसम्म काठमाडौँ महानगरपालिका वडा नम्बर १, ४ र ५ का  २२ सय ज्याला मजदुर घरपरिवारलाई राहत वितरण गरिसकेका छन् । 

छुटेकालाई आइतबार पनि राहत वितरण गर्ने तयारी छ । लकडाउनबाट प्रभावितहरूलाई समस्या परेमा पछिसम्म राहत दिन तयार रहेको उनले बताए । अनीशले ‘हिज होलिसेन बुद्ध मैत्रेय र हर होलिनेस मनधर्बतारा’बाट आफूले दीक्षा प्राप्त गरेको बताएका छन् । उनै गुरुहरूलाई दक्षिणा स्वरूप राहत वितरण गरेको उनले बताए ।

राहत वितरण कार्यक्रममा रश्मि तिमिल्सिना शर्मा, आश्र शर्मा, सृष्टि तिमिल्सिना र नेकपा स्थानीय नेता वीरेन्द्र प्रजापतिको समेत उपस्थिति थियो । विनोद वली, बालकृष्ण खड्की  सुनीत श्रेष्ठ र बिजु प्रजापतिको पनि उपस्थिति थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाई स्थानीय तहले पनि आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि