मंसिर ०७, २०८१, शुक्रबार
               

धादिङको एकै गाउँपालिकाका २७ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

दुई हप्ताअघि भारतबाट आएका ६८ जना क्वारेन्टाइनमा रहेकामध्ये २७ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

संक्रमितमध्ये २५ जना पुरुष र दुई जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले ६३ जना पुरुष र पाँच जना महिलाको स्वाब संकलन गरी केन्द्रीय प्रयोगशाला टेकुमा पठाएको थियो ।

कुल संक्रमितमध्ये सुनखानी मावि क्वारेन्टाइनमा रहेका १२ जना र मैदीस्थित संस्कृत तथा साधारण माविमा रहेको क्वारेन्टाइनमा रहेका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पीसीआर रिपोर्टमा नेगेटिभ रिपोर्ट आएका बाँकी सबैलाई दुई हप्ता होम क्वारेन्टाइनमा बस्नेगरी घर पठाइने गाउँपालिकाले जनाएको छ ।

योसँगै धादिङमा कोरोना संक्रमितको कुल संख्या ५९ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि