मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि सर्लाहीमा झडप, एकको मृत्यु

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

सर्लाहीमा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली प्रहार गरेको छ । 

सर्लाहीको पर्सामा भएको उक्त घटनामा गोली लागेर एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् । 

नेपाल प्रवेश गर्न खोज्ने भारतीय समूहलाई रोक्न खोज्दा उनीहरुबाट आक्रमण भएपछि गोली चलाउनु परेको सशस्त्र प्रहरीले जनाएको छ । 

त्यस क्रममा पाँच जना भारतीयलाई गोली लागेको बताइएको छ ।

गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले यसको पुष्टि गर्न बाँकी छ। मृतकको परिचय खुलिसकेको छैन ।

पर्सा गाउँपालिकास्थित नारायणपुर नाकाबाट भारतीय नागरिक जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्दा झडप भएको हो। त्यस क्रममा भारतीय नागरिकले सशस्त्र प्रहरीको एसएलआर हतियार पनि खोसेका थिए ।

हतियार खोस्ने व्यक्तिलाई पक्राउ गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । सशस्त्रले गोली चलाएपछि उनीहरु भारततिरै भागेका छन् । 

सशस्त्र प्रहरीले एक दर्जन हवाई फायर गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि