जेठ ०६, २०८१, आइतबार
               

लगभग ६० प्रतिशत घटे आपराधिक घटना

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले विगतका वर्षको तुलनामा यस वर्ष हत्या, हिंसालगायत आपराधिक घटनामा कमी आएका बताएको छ । 

नेपाल प्रहरीले लकडाउनका कारण झन्डै ६० प्रतिशत आपराधिक घटना घटेको जनाएको छ । 

‘केही कर्तव्य ज्यान तथा भवितव्यका घटना तथा घरभित्र हुने अपराध र जबर्जस्ती करणीका घटना घटेका छन्,’ प्रहरीले भन्यो । 

त्यस्तै, गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले तुलनात्मक रुपमा हेर्दा आपराधिक घटना र आत्महत्याका घटनामा विगतको तुलनामा कमी आएको बताए । 

‘करिब १४ प्रतिशतले आत्महत्यामा कमी आएको देखिएको छ,’ उनले भने, ‘ चालू आवको पछिल्लो तीन महिना (चैत, वैशाख, जेठ) मा २२१ वटा चोरीका घटना भएका छन् ।’

गृहमन्त्रालयले संख्यागत आवको सोही अवधिमा ७११ रहेको बतायो ।

‘सङ्गठित तथा आर्थिक अपराधतर्फ गत आवको पछिल्लो तीन महिनामा एक हजार ३१९ घटना भएका थिए । चालू आवको सोही अवधिमा ५०३ पुग्यो,’ मन्त्रालयले भन्यो, ‘महिला, बालबालिकासम्बन्धीको अपराधमा गत आवको पछिल्लो तीन महिनामा  एक हजार २१८ वटा घटना भएकामा चालू आवको सोही अवधिमा ६०० घटना भएका छन् ।’ 

सामाजिक अपराध गत आवको पछिल्लो तीन महनिामा तीन हजार ५३२ वटा भए भने चालू आवमा ९२३ घटना मात्रै भएका छन् । 

सवारी सम्बन्धीमा अपराध गत आवको पछिल्लो तीन महिनामा ७०५ थियो चालू आवको सोही अवधिमा २०७ वटा मात्रै भए । विवरणमा चालू आवको जेठ १५ सम्मको घटनालाई मात्र समेटिएको छ ।

गत आवको चैत, वैशाख र जेठको तुलनामा चालू आवको सोही अवधि ३२८ ले आत्महत्यामा कमी आएको देखिएको थियो । 

यद्यपि, चालू आवको जेठ १५ सम्मको मात्रै घटना समेटिएको छ । पन्ध्र दिनमा यति धेरै घटना नहुने प्रहरीको भनाइ छ । 

कतिपय घटनाहरु सामाजिक चेतना र प्रहरीको सक्रियताले पनि बाहिर आउने गरेका छन् ।

चालू आवको चैत, वैशाख र जेठमा कोभिड(१९ का कारण सरकारले लकडाउनको आदेश जारी गरेको थियो । 

सोही अवधिको अभिलेख विश्लेषण गर्दा बन्दाबन्दी कै कारण आत्महत्या बढेको अभिलेखले नदेखाउने नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाही बताउँछन् । 

उनका अनुसार औसत विवरण विगतको भन्दा केही कम देखिन्छ । कतिपय आत्महत्या बन्दाबन्दीसँग जोडिएको हुनसक्ने भए पनि त्यसरी अध्ययन नभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तथ्याङ्कमा झुण्डिएर आत्महत्या गरेका घटना भने निक्कै बढी देखिन्छन् । 

आव २०७५र७६ को चैत, वैशाख र जेठमा एक हजार ६६७ आत्महत्याका घटना भएको अभिलेख छ । त्यसमा झुण्डिएर मात्रै एक हजार २०० जनाको मृत्यु भएको थियो । विष खाएर ३५८ जनाको ज्यान गएको छ । चैतमा ४६९, वैशाखमा ५९७ र जेठमा ६०१ जनाले आत्महत्या गरेका थिए । वर्षमा कुल पाँच हजार ७५४ घटना भएकामध्ये झुण्डिएर मात्रै चार हजार ३१२ ले आत्महत्या गरे ।

चालू आवको चैत, वैशाख र जेठ १५ सम्मको अभिलेख अनुसार एक हजार ३३९ जनाले आत्महत्या गरेका छन् । यसमा १५ दिनको घटना आउन बाँकी छ । त्यसमध्ये एक हजार १३० जनाले झुडिएर आत्महत्या गरेका छन् । 

चालू आवको चैतमा ४८३, वैशाखमा ५७७ र जेठमा २७९ जनाको मृत्यु भएको थियो । चालू आवको जेठ १५ सम्म चार हजार ५८३ वटा आत्महत्याका घटना भएकामा झुण्डिएका मात्रै तीन हजार ६९० रहेको छ । 

यो पनि