बैशाख १७, २०८१, सोमबार
               

अब सरकारविरुद्ध बालुवाटारसँगै देशभरि आन्दोलन र प्रदर्शन

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसको महामारी रोक्न लकडाउन गरेको ८१ औँ दिनमा आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् ।

काठमाडौं, वीरगञ्ज, पोखरा, धरान, चितवनलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन भयो । प्रधानमन्त्री निवास बालुवाटारअगाडि सडकमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज, पानीका फोहरा र प्रदर्शनकारीलाई तितरबितर पार्दै गैरीधारामा अश्रुग्याससमेत प्रहार गर्‍यो ।

सरकारले घोषणा गरेको लकडाउनको समयावधि सकिन अझै तीन दिन बाँकी छ। कोरोना संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेका छन् । बुधबारसम्म ४ हजार ६ सय १४ मा कोरोनाको संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भइसकेको छ ।

यस्तो अवस्थामा सरकारको विरोधमा सडकमा प्रदर्शनकारी सरकारविरुद्ध उत्रिएका छन् । उनीहरुले पिसिआर परीक्षण बढाउनुपर्ने, लकडाउनको समयमा भएको १० अर्बको हिसाब देखाउनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्था हुनुपर्ने लगायतका विभिन्न माग राखेका छन् ।

सरकारका गतिविधिविरूद्ध प्रदर्शनमा उत्रिएकामध्ये काठमाडौंमा रहेका आलोक सुवेदीले यो नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन भएको बताए । ‘यो नागरिकस्तरबाट गरिएको बिल्कुलै गैरराजनीतिक र शान्तिपूर्ण प्रदर्शन हो,’ उनले भने, ‘देशभरका युवाहरू फेसबुकमार्फत् जोडिएर विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन् ।’

सरकारका पछिल्ला गतिविधिबाट असन्तुष्ट युवाहरू फेसबुकमा ‘कोभिड-१९ नेपाल : इनफ इज इनफ’ समूह बनाएर स्वत:स्फूर्त रूपमा प्रदर्शनमा उत्रिएको उनले बताए। उनीहरूको फेसबुक पेजमा बिहीबारसम्म ८८ हजारभन्दा बढी युवा आबद्ध भइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि