जेठ ०४, २०८१, शुक्रबार
               

बालुवाटारमा विरोध, प्रहरीले हान्यो पानीको फोहरा र लाठी

नेपाल फ्ल्यास
जेठ २९, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

सामाजिक दूरी कायम राख्दै युवाहरु बालुवाटारमा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले पानीका फोहरा हानेको छ ।

शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका युवालाई प्रहरीले प्रदर्शन नगर्न आग्रह गरेको थियो । उक्त आग्रह युवाहरूले नमानेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको हो ।

प्रदर्शनकारीले सरकारले खर्च गरेको दश अर्ब रूपैयाँको हिसाब मागेका थिए । त्यस्तै, आरडीटी नभएर पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टिनमा उचित सुविधा हुनुपर्नेलगायत नारा लेखेका प्लेकार्ड बोकेका छन्। भष्ट्रचारमा डुबेको सरकारलाई स्यानिटाइज गर्नुपर्ने भन्दै युवाहरुले सरकारको विरोध गरेका छन् ।

यसै विषयलाई लिएर दुई दिनअघि पनि बालुवाटारमा प्रदर्शन भएको थियो। दूरी कायम गरेर प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र लाठी प्रहार गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि