जेठ ०६, २०८१, आइतबार
               

एसइई परीक्षा खारेज गर्ने सरकारकाे निर्णय

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । यस वर्षकाे एसइई परीक्षा नहुने भएकाे छ । -प्रधानमन्त्री निवास बालुवाटारमा  बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने निर्णय गरेकाे हाे । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलकाे प्रस्तावमा यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने मन्त्रिपरिषदले निर्णय गरेकाे हाे । कोरोना भाइरसको त्रासका कारण विद्यालय खुल्ने अनिश्चित भएको भन्दै  विद्यालयको मूल्याङ्कनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिइने भएकाे हाे  ।

यस वर्षकाे कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । बोर्डले गत चैत ८ गतेदेखि हुने कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । 

यो पनि