असोज ०६, २०८१, आइतबार
               

क्वारेन्टाइनमा बस्दै आएका एक जनाको मृत्यु

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयस्थित क्वारेन्टाइनमा बसेका ५७ बर्षका यमप्रसाद खनालको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बुटवलमा उपचार गराएर फर्किने क्रममा बुधबार उनको मृत्यु भएको हो ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । 

स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । 

उपचार गरेर घर फर्कदै गरेका उनको गोरुसिंगे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको हो ।

उनको जेठ २१ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि