जेठ ०५, २०८१, शनिबार
               

सूर्यविनायकको गाई फार्ममा आगलागी

रासस
जेठ २८, २०७७

ADVERTISEMENT

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित  ४६ वर्षीय मनसिंह विष्टले सञ्चालन गरेको गाईफार्ममा गए राति आगलागी हुँदा चार गाई, दुई बाच्छासहित कुखुरा जलेर मरेका छन् ।

फार्ममा रहेका छ गाई, तीन बाच्छाबाच्छी, ४० स्थानीय जातका कुखुरा रहेकामा दुई गाई, दुई बाच्छाबाच्छीलाई जीवितै उद्धार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

आगलागीपछि महानगरीय प्रहरी प्रभाग दधिकोटका प्रनानि नवराज खरेल समेतको प्रहरी टोली, भक्तपुरको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान ३ बजे आगो नियन्त्रणमा आएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार आगलागीबाट आठ लाख ७० हजार बराबरको क्षति भएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि