असोज ०६, २०८१, आइतबार
               

चितवनमा थप दुई जनामा कोरोना संक्रमणको पुष्टि

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

भरतपुर । चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । 

भरतपुर महानगरपालिका–५ निवासी २८ वर्षीय पुरुष र कालिका नगरपालिका–६ जुटपानीका २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

भरतपुरमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन जिल्लामा मात्रै २७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

दुई जना भने उपचारपछि कोरोना मुक्त भएर घर फर्किएका छन् ।


कस्तो लाग्यो ?

यो पनि