असोज ०६, २०८१, आइतबार
               

पहिरोमा पुरिएर दुईको मृत्यु

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । पहिरोमा पुरिएर दुई जनाको मृत्यु  भएको छ । उत्तरी म्याग्दीको रघुगंगा गाउपालिका–६ रायखोरमा गएराति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीकाअनुसार ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया छोरी रोशनीको पहिरोले परिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका नुसार मंगलबार राति ११ बजेतिर उनीहरु सुतिरहेको गोठमा लेदोसहितको पहिरो आएपछि गोठ नै पुरिएको थियो । गोठमा सुतिरहेका उनीहरु अचानक गोठ माथिबाट पहिरो आएपछि बाहिर निस्कन नसक्दो पहिरोले पुरिएका हुन् ।

पाखापानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ढकबहादुर हमालको नेतृत्वमा गएका प्रहरी र स्थानीयबासीले हमाया र रोशनीलाई मृत फेला पारेको प्रहरीले जनाएको छ । पहिरोले परिएर ढुङ्गा, माटोले बनेको जस्ताको छानो भएको कच्ची गोठमा रहेका अन्नपात, भाडाबर्तनलगायत सबै नष्ट भएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि