असोज ०६, २०८१, आइतबार
               

सुदूरपश्चिमकाे तीन स्थानमा पीसीआर थप हुने

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

कैलाली । सुदूरपश्चिममा  असार दोस्रो साताबाट पीसीआर मेसिनसहितका थप तीन प्रयोगशाला सञ्चालनमा आउने सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । 

सुदूरपश्चिम मन्त्रिपरिषद्ले गरेको पूर्वनिर्णयअनुसार तीनवटा पीसीर मेसिनसहित प्रयोगशाला सञ्चालनका लागि आवश्यक थप सामग्री खरिद गर्न बोलपत्र भइसकेको बताएका हुन् ।

असार दोस्रो सातासम्म बैतडी, डोटी र कैलालीमा मेसिन जडान गरेर सञ्चालनमा ल्याउन प्रक्रिया सुरु भइसकेकाे हाे । 

प्रदेशका विभिन्न पालिकामा सञ्चालित क्वारेन्टिन मापदण्डअनुसार नभएको, क्वारेन्टिनमा मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै तीव्र आलोचना भइरहेका बेला सुदूरपस्चिम सरकारले प्रयोशाला थप गर्न लागेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि